यु-१९ विश्वकप : अर्जुनको उत्कृस्ट इनिंग्स बाबजुद न्युजिल्यान्डसंग नेपाल पराजित

दक्षिण अफ्रीकामा जारि पन्ध्रौँ संस्करणको अन्डर-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसंग ६४ रनले पराजित भएको छ।

बफालो पार्क मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २३८ रन मात्र बनाउन सक्यो।

हेर्नुस खेलको स्कोरकार्ड 

नेपालको ब्याटिंगमा ओपनर अर्जुन कुमालले ९० रनको योगदान दिएता पनि उनलाई लामो समय अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। कुमालले १०४ बलमा १२ चौका प्रहार गरे।

नेपालको सुरुवात खराब रह्यो ओपनर दिपक बोहरा खाता नखोली तथा र तेश्रो नम्बरका आकाश त्रिपाठी २ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर अर्जुन कुमाल र कप्तानले ५९ रनको साझेदारी गर्दै इनिंग्स उकास्ने प्रयास गरे। तर सोह्रौं ओभरमा देवलाई ओस्कार ज्याकसनले क्याच आउट पार्दै न्युजिल्यान्डलाई खेलमा फर्काए। देवले ३४ बलमा ५ चौका र १ छक्का मद्दतले ३६ रन बनाए।

देवको विकेट पछि अर्जुनले एक किनार सम्हालेता पनि अर्को किनारमा नेपालले लगातार विकेट गुमायो। उत्तम मगर खाता नखोली आउट भए भने गुल्सन झाले २ रन मात्र जोड्न सके। दिपक बोहराले १५ रन बनाउदा दिपेश कंडेलले खाता खोल्न सकेनन्। आठौँ विकेटको लागि अर्जुनले सुबास भण्डारीसंग ४३ रन जोडे।

शतकबाट १० रनले टाढा हुँदा अर्जुन कुमाललाई इवाल्ड श्रेडरले क्याच आउट पारे। त्यसपछि नवौं नम्बरमा ब्याटिंग गरेका सुबास भण्डारीले नवौं विकेटको लागि आकाश चन्दसंग २५ रनको तथा दशौँ विकेटको लागि तिलक भण्डारीसंग अविजित ३७ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। सुबासले ५२ बलमा ४ चौका मद्दतले अविजित ३३ तथा तिलकले १९ बलमा २ चौका र १ छक्का मद्दतले १७ रन बनाए।

न्युजिल्यान्डको बलिंगमा मेसन क्लार्कले ३ तथा इवाल्ड श्रेडर र ओस्कार ज्याकसंगले २/२ विकेट लिए।

Arjun Kumal ले ९० रन बनाए
Arjun Kumal ले ९० रन बनाए

यस अघि टस जितेर ब्याटिंग गरको न्युजिल्यान्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ३०२ रन बनायो।

न्युजिल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका स्नेहिथ रेड्डीले शतक बनाउने क्रममा अविजित १४७ रनको विशाल स्कोर बनाए। १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याक्सनले ७५ रन बनाए। टम जोन्सले ३३, लुक वाट्सनले १४ तथा एलेक्स थोम्पसनले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

६७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि रेड्डी र ज्याक्सनले १५७ रनको साझेदारी गरे।

नेपालको बलिंगमा अफ स्पिनर सुबास भण्डारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले १० ओभरमा ६० रन खर्चिए। गुल्सन झाले २ ( २/६० ) तथा दिपेश कंडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘डी’ मा रहेको नेपालले दोश्रो खेल पाकिस्तानसंग जनवरी २४ तारिखमा तथा तेश्रो खेल अफगानिस्तानसंग जनवरी २६ तारिखमा खेल्ने तालिका छ।

१६ टिम सहभागी प्रतियोगिताको नेपाल रहेको समुह ‘डी’ मा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि प्रत्येक समुहबाट शिर्ष तिन टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछ। सुपर सिक्स चरणमा पुग्ने १२ टिमलाई दुई समुहमा बिभाजन गरेर खेलाइनेछ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]