डेब्युमा चन्दन चम्कँदा एपीएफको सहज जित

२०८० माघ १६, मंगलवार १२:२४

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलर चन्दन राम बलिङमा चम्कँदा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

मुलपानी मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लब ३ विकेटले पराजित गरेको हो ।

सुदूरले दिएको ८८ रनको लक्ष्य एपीएफले १४ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि सन्दीप जोराले १५ बलमा अविजित १८ रनको सर्वाधिक ठूलो ईनिङ खेले । आसिफ शेखले १३ बलमा १५ तथा भुवन कार्कीले १९ बलमा १४ रन बनाए ।

सुदूरका लागि दिपक चन्द ले चार तथा नरेन साउदले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १६ दशमलब २ ओभरमा अल आउट हुँदै ८७ रन बनायो ।

सुदूरका लागि नारायण जोशीले २५ बलमा अविजित २३ रन बनाए । ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पुरन विकको स्थानमा मौका पाएका चन्दन रामले सात ओभरमा ५१ रन खर्चिएर पाँच विकेट लिए । चन्दनको राष्ट्रिय प्रतियोगितामा यो डेब्यु खेल रहेको थियो । भुवन कार्कीले तीन तथा कप्तान रोहित कुमार पौडेलले दुई विकेट लिए ।

जितका साथ एपीएफको फाइनल सम्भावना कायम रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy