डेब्युमा चन्दन चम्कँदा एपीएफको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलर चन्दन राम बलिङमा चम्कँदा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

मुलपानी मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लब ३ विकेटले पराजित गरेको हो ।

सुदूरले दिएको ८८ रनको लक्ष्य एपीएफले १४ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि सन्दीप जोराले १५ बलमा अविजित १८ रनको सर्वाधिक ठूलो ईनिङ खेले । आसिफ शेखले १३ बलमा १५ तथा भुवन कार्कीले १९ बलमा १४ रन बनाए ।

सुदूरका लागि दिपक चन्द ले चार तथा नरेन साउदले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १६ दशमलब २ ओभरमा अल आउट हुँदै ८७ रन बनायो ।

सुदूरका लागि नारायण जोशीले २५ बलमा अविजित २३ रन बनाए । ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पुरन विकको स्थानमा मौका पाएका चन्दन रामले सात ओभरमा ५१ रन खर्चिएर पाँच विकेट लिए । चन्दनको राष्ट्रिय प्रतियोगितामा यो डेब्यु खेल रहेको थियो । भुवन कार्कीले तीन तथा कप्तान रोहित कुमार पौडेलले दुई विकेट लिए ।

जितका साथ एपीएफको फाइनल सम्भावना कायम रहेको छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]