आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।

पुलिसले अपराजित रहँदै उपाधी जितेको हो । टियु मैदानमा भएकाे खेलमा पुलिसले आर्मीलाइ छ विकेटले पराजित गरेकाे हो । पुलिसले लिग चरणका सबै खेल जित्दै फाइनलमा स्थान बनाएको थियो ।

योसँगै पुलिसले तेस्रो पटक उपाधी जितेको हो । २०१७ मा यि दुवै टोलीले खेलेका थिए । तर, वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले उपाधी बाँडेका थिए । दोस्रो पटक २०१९ मा आर्मीलाई हराउँदै पुलिसले उपाधी जितेको थियो । आर्मी छैटौ पटक फाइनलमा उपविजेतामा सिमित रहेको हो ।

आर्मीले दिएको १ सय ८२ रनको लक्ष्य पुलिसले ३७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि शंकर रानाले ४३ बलमा अविजित ६२ रनको अर्धशतकीय ईनिङ खेले । अर्जुन साउदले ५८ बलमा ३६ तथा अमित श्रेष्ठले ५१ बलमा २८ रन बनाए । आरिफ शेखले २७ रनको अविजित ईनिङ खेले । शंकर रानाले छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

आर्मीका लागि कुशल मल्ल, जितेन्द्र मुखिया, साहाब आलम र वसिर अहमदले समान एक एक विकेट लिए ।

टियु मैदानमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले ४९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ८१ रन मात्र बनायो ।

आर्मीका लागि विवेक यादवले ८१ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर इम्रान शेखले ६६ बलमा २८ तथा सोमपाल कामीले ५८ बलमा ४९ रन बनाए । कुशल मल्लले ३२ बलमा १७ रन बनाए । आठौं विकेटका लागि सोमपाल कामी र विवेक यादवबीचको ५९ रनको साझेदारी सर्वाधिक ठूलो साझेदारी रह्यो ।

दशौं विकेटका लागि यादव र जितेन्द्र मुखियाले ४३ रनको साझेदारी गरे ।

टोलीले सात विकेट गुमाएर ६९ रन बनाउँदा क्रिजमा आएका विवेकको उत्कृष्ट पारीको सहयोगमा आर्मी सम्मानजनक योगफलमा पुग्न सफल रह्यो ।

पुलिसका लागि ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान तीन तीन विकेट लिए । सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक एक विकेट लिए ।

योसँगै तीन पटक आर्मी र पुलिस फाइनलमा खेलेकामा तीनमा नै पुलिस अपराजित रहेको छ ।

 





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]