नेपालले टस हार्यो

२०८० फाल्गुन २, बुधबार ११:०१

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनल खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको वाईएसडी ओभलमा कुवेतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नेपालले क्वाटरफाइनलमा कुवेतसँग खेल्न लागेको हो । नेपाल तीन खेलमा अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह डी मा शीर्ष स्थानमा रहेको नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्न लागेको हो । कुवेतले समूह चरणमा दुई खेल जित्दा एकमा हार व्यहोरेको थियो ।

क्वाटरफाइनल विजेता भए नेपालले सेमिफाइनलमा मलेसिया र जापानबीचको विजेतासँग खेल्ने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy