एसीसी प्रिमियर कप : नेपाल र हङकङ एकै समूहमा

२०८० फाल्गुन १३, आईतवार १३:२८

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।

अप्रिल १२ बाट ओमानमा टी-ट्वान्टी फर्म्याटमा हुने एसीसी  प्रिमियर कपमा नेपाल र हङकङ समूह ए मा छन् ।

एसीसी आइतबार जारी गरेको खेलतालिकामा नेपाल र हङकङको अलावा यस समूहमा मलेसिया, साउदी अरेबिया र कतार छन् ।

नेपालको पहिलो खेलमा अप्रिल १२ मा मलेसियाको सामना गर्ने छ । दोस्रो खेलमा १३ अप्रिलमा कतारसँग खेल्ने नेपालले तेस्रो खेलमा १५ अप्रिलमा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ ।

समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।

खेल तालिका

May be an image of text

May be an image of text

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy