नेपाल र नामिबिया टी-ट्वान्टी आईमा पहिलो पटक खेल्दै

२०८० फाल्गुन १४, सोमबार ०८:४८

काठमाडौं । नेपाल र नामिबियाबीच पहिलो पटक टी-ट्वान्टी आई खेल हुने भएको छ ।

मंगलबारबाट सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित टी-ट्वान्टी आईको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाल र नामिबियाबीच ओडिआई तथा लिस्ट ए मान्यताप्राप्त खेलमा पटक पटक भेट भए पनि टी-ट्वान्टी आई मान्यताप्राप्त खेलमा पहिलो पटक खेल्दैछन् ।

नेपाल र नामिबियाबीच २०१५ मा आयरल्यान्डमा एक टी-ट्वान्टी खेल तय भए पनि वर्षाका कारण खेल रद्द भएको थियो । २०१६ को टी-ट्वान्टी विश्वकप छनोटको सो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ दशमलब ४ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल हुन सकेको थिएन । खेल पुन सुचारु हुन नसकेपछि दुवै टोलीले अंक बाडेका थिए । यस खेलले टी-ट्वान्टी आईको मान्यता भने पाएको थिएन ।

नामिबिया टी-ट्वान्टी आईमा नेपालको २२ औं प्रतिद्वन्दी बन्दैछ । सिरिजको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्दैछ । मंगलबार सुरु हुने सिरिजको खेलतालिका अनुसार पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् ।

दोस्रो खेल २८ फेब्रुअरी अर्थात फागुन १६ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् । नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy