कैलाली प्रिमियर लिग : आलिताल र परशुराम विजयी

धनगढी । धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि(२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिका विजयी भएका छन् ।

आलितालले सुखद सुरूवात गर्ने क्रममा कैलालीको टिकापुर नगरपालिकामाथि ९ विकेटको सानदार जित निकाल्यो।

जितका लागि पाएको १२८ रनको लक्ष्य आलितालले १० दशमलब १ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राजु रिजालले अर्धशतकीय पारि खेले। म्यान अफ द म्याच समेत भएका राजुले अविजित ५३ रनको योगदान गरे। दिलबहादुर बोहराले अविजित ३४ र विजय रानाले २४ रन हिर्काए। टिकापुरका डिकेन्द्र शाहले १ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको टिकापुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनायो। उसका सन्दीप साउदले ३२, सौरभ शाहले २९ र प्रवेश साउदले २७ रन बनाए। आलितालका दिपक टमटाले २ विकेट झारे।

यसैबीच आजै भएको अर्को खेलमा डोटीको शिखर नगरपालिकालाई १०३ रनले स्तब्ध पार्दै डडेल्धुराको परशुराम नगरपालिकाले पहिलो जित दर्ता गरेको छ। परशुरामले दिएको १९४ रनको लक्ष्य पछ्याएको शिखर १७ दशमलब ३ ओभरमा ९० रनमा अलआउट भयो।

उसका रोशन अधिकारीले २२,सुवास ऐरले १९ र वासिम हलवाईले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । परशुरामका लागि कृष्ण विष्टले ३ र महेन्द्र धामीले २ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको परशुरामले २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनायो। जसमा अर्जुन विकले शतक हिर्काए। ६० बलको सामना गरेका अर्जुनले ६ छक्का र १० चौकाको मद्दतले १०३ रन बनाए। यस्तै राज विकले ५८ रन जोडे।

शिखरका भोजराज भट्टले ३ विकेट हात पारे। परशुरामका लागि शतक प्रहार गर्ने अर्जुन विक म्यान अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो । खेलका म्यान अफ द म्याचलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी र गुरूजी सटिङ सुटिङका प्रवन्धक सतिस जोशीले पुरूस्कार वितरण गरे।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ। प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]