केपीएलको उपाधि आलिताल गाउँपालिकालाई, दिल बोहोरा उत्कृष्ट खेलाडी घोषित

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न कैलाली प्रीमियर लिग (केपीएल) को उपाधी डडेल्धुराको आलिताल गाउँपालिका जितेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आलितालले फाइनलमा छिमेकी पालिका पर्शुरामलाई १ विकेटको शनशनीपुर्ण जित निकाल्दै आलितालले उपाधी चुमेको हो । उपाधी जितेसँगै आलितालले नगद २ लाख र आकर्षक ट्रफी जितेको छ । उपविजेतामा चित्त बुझाएको पर्शुरामले नगद १ लाख र आकर्षक ट्रफी प्राप्त गर्‍यो ।

सनिवार भएको फाइनलमा आलितालले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको पर्शुरामले निर्धारित २० ओभरको खेलमा सम्पुर्ण विकेट गुमाउँदै १०७ रन जोडेको थियो ।

पर्शुराम नगरपालिकाका लागि यशकुमार कठायतले ३० बलमा सर्वाधिक ३२ रन बनाउँदा मान साउँद १९ बलमा २१ रन तथा महेन्द्र धामीले १० बलमा महत्त्वपूर्ण ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको छुन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको । बलिङतर्फ आलिताल गाउँपालिकाका लागि हिक्मत महराले ४ ओभरमा ७ रन र निरज ऐरले ४ ओभरमा २२ रन खर्चंदै समान ३ विकेट लिए।

१०८ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको आलिताल गाउँपालिकाले निर्धारित २० ओभरको खेलमा १८।१ ओभर खेल्दै ९ विकेटको क्षति ११० रन बनाउदै १ विकेटको शनशनीपुर्ण जित निकालेर उपाधिमाथि कब्जा जमाएको हो ।

ब्याटिङतर्फ आलिताल गाउँपालिकाका लागि कप्तान दिलबहादुर बोहराले २० बलमा सर्वाधिक ३० रन बनाए । त्यस्तै राजु रिजाल २८ बलमा २२ रन,दिपक टमटा १० बलमा १४ रन तथा हृदय विठारीले ८ बलमा १२ रन बनाउन सफल भए। बलिङतर्फ पर्शुराम नगरपालिकाका लागि महेन्द्र धामीले ४ ओभरमा १ मेडेनसहित २३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन भने कप्तान कृष्ण बिष्टले ४ ओभरमा ३४ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिए तर पनि टिमले जित हाँसिल गर्न सकेनन । खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल आलिताल गाउँपालिकाका खेलाडी हिक्मत महरा हिरो होन्डा प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १५०० प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट बलर र ब्याट्सम्यान पर्शुराम नगरपालिकाका क्रमश कृष्ण बिस्ट र राज विश्वकर्मा चुनिए । उनीहरुले नगद दश र दश हजार र ट्रफी,उदयमान खेलाडी पर्शुरामकै अर्जुन बिक र प्लेर अफ द सिरिज आलितालका कप्तान दिल बहादुर बोहोरा चुनिए । उनले नगद २० हजार र आकर्षक ट्रफी प्राप्त गरे ।

कैलाली जिल्ला कृकेट संघका अध्यक्ष बिक्रम बिस्टको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी नेपाल कृकेट संघ क्यानका केन्द्रिय अध्यक्ष चतुर बहादुर चम्द रहेका थिए । अध्यक्ष चन्दले देशको कृकेट विकासमा सुदूरपश्चिमले ४० प्रतिशत योगदान दिइरहँदा पनि राज्यले भौतिक पुर्वाधारमा उपेक्षा गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले देशको कृकेटले उचाई लिइरहँदा ठुल्ठुला विदेशी टोली पनि नेपालसँग खेल्न इच्छुक रहेको भन्दै राज्यले तुरुन्तै पुर्वाधारमा ध्यान दिनुपर्ने बताए ।अध्यक्ष चन्दले कृकेट विकासमा आफुले राजनीति नगर्ने र कसैलाई पनि राजनीति नगर्न र राजनीति विचार भन्दा माथी रहेर काम गर्न आग्रह गरे ।

त्यस्तै फाल्पा मैदान बारे चाँसो व्यक्त गर्दै अध्यक्ष चन्दले निर्माणमा ढिलाइ हुँदा सुदूरपश्चिमकाका खेलाडीले राम्रो अभ्यास गर्न नपाएको भन्दै अवस्था यस्तै देखिए क्यानले २र४ महिनामै कैलाली र कंचनपुर वैकल्पिक मैदानको तयारी गर्ने समेत बताए । प्रतियोगितामा डडेलधुराको पर्शुराम नगरपालिकाका मेयर भरत जोशी,आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की,क्यानका केन्द्रिय सदस्य द्वय धिरेद्र साउँद र विरेन्द चन्द,धनगढी उपमहानगरपालिका वडा न।२ र ४ का अध्यक्ष क्रमशः धर्मराज ओझा र बुद्धि बहादुर खड्का ,सुदूरपश्चिम प्रादेशिक कृकेट संघका अध्यक्ष बाशुदेव जोशी,सचीव लक्ष्मण भट्ट, कोषाध्यक्ष दिनेश सिंह लगायत दर्जनौ कृकेटप्रेमीहरुको उपस्थिति रहेको थियो । जिल्ला कृकेट संघ कैलालीका सदस्य पदम विक्रम सिंहले स्वागत गरेको कार्यक्रमको संचालन डिल्लीराज ओझा समर्पणले गरेका हुन ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]