नेपालले टस हार्यो, नारायण खेल्दै

२०८० चैत्र १९, सोमबार १२:३८

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध तीन टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको छ ।

टियु क्रिकेट मैदान किर्तीपुरमा आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले टस जितेर फिल्डिङ रोजेका छन् । आयरल्यान्डले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । आयरल्यान्डविरुद्ध शनिबार खेल खेलेका किरण ठगुन्ना बेन्चमा रहेका छन् । नारायण जोशीले टिममा मौका पाएका छन् ।

नेपालको प्लेइङ-११

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, नारायण जोशी, आरिफ सेख, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy