काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।
शुक्रबारबाट ओमानमा सुरु हुने टी-ट्वान्टी फर्म्याटको एसीसी प्रिमियर कपको पहिलो दिनै नेपाल र मलेसियाबीच खेल हुनेछ ।
मलेसियासँगकाे खेल शुक्रबार नेपाली समय अनुसार अपरान्ह सवा ४ मा सुरु हुनेछ ।
नेपाल रहेको समूह ए मा मलेसियाका अलावा हङकङ, साउदी अरेबिया र कतार छन् ।
प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल पनि नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।
समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।
खेल तालिका