दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

दीपेन्द्रले कतारका मिडियम पेसर कमरान खानलाई इनिंग्स अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । ऐरीले २१ बलमा ३ चौका र ७ छक्कासहित अविजित ६४ रन बनाए ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । यसअघि दीपेन्द्रले गत वर्ष २०२३ सेप्टेम्बरमा चिनमा आयोजित एसियन गेम्स अन्तर्गत मंगोलियाविरुद्ध खेलमा दुई फरक ओभरमा लगातार ६ छक्का भने हानेका थिए । तर एकै ओभरमा भने यो नै पहिलो पटक हो । उक्त खेलमा ऐरीले ९ बलमा अर्धशतक बनाउदै अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड आफ्नो नाम गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि दक्षिण अफ्रीकाका हर्शल गिब्स, भारतका युवराज सिंह, वेस्ट इन्डिजका काइरन पोलार्ड र जसकरन मलहोत्राले यस अघि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

ओमानमा जारि प्रतियोगिता अन्तर्गत खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा कतारले पुरै २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।

नेपालको ३२ रनको जितमा कीर्तिमानी प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द म्याच घोषित भए। ऐरीले बलिंगतर्फ पनि ३४ रन खर्चेर २ विकेट लिए।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]