नेपाललाई सेमिफाइनल पुग्न ११५ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउँन नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ ।

ओमानको मस्कटमा वर्षाका कारण खेल ढिला सुरु हुँदा १८ ओभरमा छोट्याईएको थियो । ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १८ ओभरको एक बल बाँकी रहँदा अल आउट हुदै १ सय १४ रन बनायो ।

हङकङका लागि ओपनर अंशुमान रथले २६ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान निजाकत खानले ११ बलमा १२ रन तथा जिशान अलिले १४ रन बनाए । इशान खानले ११ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपाली कसिलो बलिङ तथा फिल्डिङका कारण हङकङले यस ईनिङमा १ छक्का र ८ चौका प्रहार गर्यो ।

नेपालका लागि अभिनास बोहोराले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई विकेट लिए । करण केसीले एक विकेट लिए । नेपालले रन आउटको रुपमा दुई सफलता हात पारेको थियो ।





थप समाचार

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]