सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

२०८१ बैशाख ७, शुक्रबार १३:२५

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ सय २० रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । गुलसन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

ईनिङको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएर नेपाल संकटमा परेको थियो । अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत ८ रन बनाउँदै ओमिद रहमानको बलमा एलबीडब्लु आउट भए । कप्तान रोहितकुमार पौडेलले पनि १८ बलमा ५ रन मात्र बनाउन सके ।

कुशल मल्ल ३, दिपेन्द्रसिंह ऐरी ५ तथा सोमपाल कामी २ रनमा आउट भए ।

युएईका लागि अलि नासिर, बसिल हमिद र जुनैद सिद्धिकीले समान दुई दुई तथा आयान खान, ओमिद रहमान,  मुहम्मद फरिकले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy