मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सैनिकले डकवर्थ लुइस पद्धति (डिएलएस)का आधारमा १० विकेट जित निकाल्यो ।

वर्षाका कारण दोस्रो इनिङ ९ ओभरमा छोट्याईएको थियो ।

ओभर छोट्याएसँगै पाएको ७० रनको लक्ष्य सैनिकले ६ दशमलब ५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

सैनिकका लागि रमन गिरीले अविजित ३५ र रोजल खड्काले अविजित ३३ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको मोक्षदाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो ।

मोक्षदाका लागि सम्यम नेपालले ३७ र नितिश बुढाथोकीले २४ रन बनाए ।

सैनिकका लागि लबकुमार ठाकुर, शुभ विष्ट र प्रत्युश आचार्यले समान एक एक विकेट लिए ।

उपाधिसँगै सैनिकले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता मोक्षदाले ७५ हजार रुपैयाँ पायो ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]