नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

२०८१ जेष्ठ ३, बिहीबार २३:५४

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ ।

बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी भएको हो । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । यस जितसँगै नेपालले यस तीन खेलको अभ्यास सिरिज एक खेल अगाबै जितेको छ ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको भोलक्यान्स १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ३० रन मात्र बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

नेपालका लागि अनिलकुमार शाहले २७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४१ रन बनाए ।

ओपनर कुशल भुर्तेलले २८ बलमा ३८ तथा दीपेन्द्रसिंह ऐरीले १४ बलमा २६ रन बनाए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy