कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स हैदराबाद १ सय ५९ रनमा नै अल आउट भएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १९ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५९ रन मात्र बनायो ।

हैदराबादका लागि राहुल त्रिपाटीले ३५ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लासेनले २१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान प्याट कमिसंले २४ बलमा ३० रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

दोस्रो बलमा ओपनर ट्राभिस हेडलाई शुन्य रनमा गुमाएको हैदराबादले दोस्रो ओभरमा अर्का ओपनर अभिसेक शर्मालाई पनि गुमायो ।

तेस्रो विकेटका रुपमा नितिश रेड्डीलाई गुमाएको हैदराबादका लागि क्लासेन र त्रिपाठीले पाँचौ विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे पनि क्लासेन बरुण चक्रवर्तीको बलमा आउट हुदा सो साझेदारी तोडिएको थियो ।

अब्दुल समादले १२ बलमा १६ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफल तर्फ लम्काए पनि हर्षित रानाको बलमा उनी पनि आउट भएसँगै हैदराबादको अपेक्षा पनि सकियो ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा बरुण चक्रवर्तीले दुई विकेट लिए ।

यस पहिलो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले बुधबार हुने इलिमिनेट खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरी खेल्नेछ ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]