बाबरको कप्तानीमा पाकिस्तानको टोली घोषणा

२०८१ जेष्ठ १२, शनिबार १०:५६

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पाकिस्तानका तीव्र गतिका बलर हारिस रउफ चोटबाट मुक्त भएपछि टोलीमा समेटिएका छन् ।

टी–२० विश्वकपमा अबरार अहमद, आजम खान, मोहम्मद अब्बास अफ्रिदी, साइम अयुब र उस्मान खान पहिलो पटक सहभागी हुनेछन् ।

पाकिस्तानले हाल विश्वकपको तयारीका लागि इङ्ल्यान्डविरुद्ध द्विपक्षीय शृङ्खला खेलिरहेको छ । द्विपक्षीय शृङ्खलाका लागि टोलीमा अधिकांश खेलाडी टी–२० विश्वकपका लागि क्यारेबियन र संयुक्त राज्य अमेरिका जाने छन् ।

यस विश्वकपमा पाकिस्तान समूह ए मा रहेको छ । समूह ुएु मा पाकिस्तानसँगै भारत, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । ६ जुनमा अमेरिकासँग खेल्दै पाकिस्तानले विश्वकपको सुरुआत गर्नेछ ।

पाकिस्तानको टोली

बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हारिस रउफ, इफ्तिखार अहमद, इमाद वसीम, मोहम्मद अब्बास अफरीदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, सैम अयूब, शादाब खान, शाहीन शाह अफरीदी, उस्मान खान।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy