बाबरको कप्तानीमा पाकिस्तानको टोली घोषणा

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पाकिस्तानका तीव्र गतिका बलर हारिस रउफ चोटबाट मुक्त भएपछि टोलीमा समेटिएका छन् ।

टी–२० विश्वकपमा अबरार अहमद, आजम खान, मोहम्मद अब्बास अफ्रिदी, साइम अयुब र उस्मान खान पहिलो पटक सहभागी हुनेछन् ।

पाकिस्तानले हाल विश्वकपको तयारीका लागि इङ्ल्यान्डविरुद्ध द्विपक्षीय शृङ्खला खेलिरहेको छ । द्विपक्षीय शृङ्खलाका लागि टोलीमा अधिकांश खेलाडी टी–२० विश्वकपका लागि क्यारेबियन र संयुक्त राज्य अमेरिका जाने छन् ।

यस विश्वकपमा पाकिस्तान समूह ए मा रहेको छ । समूह ुएु मा पाकिस्तानसँगै भारत, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । ६ जुनमा अमेरिकासँग खेल्दै पाकिस्तानले विश्वकपको सुरुआत गर्नेछ ।

पाकिस्तानको टोली

बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हारिस रउफ, इफ्तिखार अहमद, इमाद वसीम, मोहम्मद अब्बास अफरीदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, सैम अयूब, शादाब खान, शाहीन शाह अफरीदी, उस्मान खान।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]