श्रीलंकामाथि दक्षिण अफ्रिकाको जित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि जित निकालेको छ ।

अमेरिकाको न्युयोर्कमा नेपाल रहेको समूह डी को पहिलो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भयो ।

श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विटन डि ककले २७ बलमा २० तथा हेनरिक क्लेसनले २२ बलमा अविजित १९ रन बनाए । कप्तान एडेन माकरमले १४ बलमा १२ तथा ट्रिस्टन स्टब्सले १३ रन बनाए ।

श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले दुई तथा दासुन शनका र नुवान तुसाराले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा ७७ रन बनाउँदै अल आउट भएको थियो ।

श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ३० बलमा १९ तथा एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन बनाए । कमिन्डु मेन्डिसले १५ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ४ ओभरमा ७ रन मात्र खर्चिएर ४ विकेट लिए । कागिसो रबडा र केशब महाराजले समान दुई दुई तथा ओटनिल ब्राटम्यान एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका समूह डी को शीर्ष स्थानमा छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा दक्षिण अफ्रिका र श्रीलंकाका अलावा नेपाल, नेदरल्यान्ड्स र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]