नेदरल्यान्ड्समाथि दक्षिण अफ्रिकाको जित

काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको सोह्रौं खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

अमेरिकाको न्युयोर्कमा आफ्नो दोस्रो खेलमा पनि जित निकालेको दक्षिण अफ्रिका ४ विकेटले विजयी भयो ।

नेदरल्यान्ड्सले दिएको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा डेबिड मिलरले ५१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेले । ट्रिस्टन स्टब्सले ३७ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए । मिलर र स्टब्सले पाँचौ विकेटका लागि ७२ बलमा ६५ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तय गरे ।

नेदरल्यान्ड्सका लागि लगन भान बिक र भिभियन किंग्माले समान दुई दुई तथा बास डि लिडेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेथले ४५ बलमा २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । लगन भान बिकले २२ बलमा २३ तथा विक्रमजित सिंहले १२ रन बनाए । सातौं विकेटका लागि एङ्गलब्रेथ र भान बिकले ४५ बलमा ५४ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफलसम्म पुर्याएका थिए ।

दक्षिण अफ्रिकाका लागि ओटनिल ब्राटम्यान चार तथा मार्को यानसन र एनरिक नोर्कियाले समान दुई दुई विकेट लिए ।

दुई खेलमा चार अंक जोडेको दक्षिण अफ्रिका समूह डी को शीर्ष स्थानमा कायमै छ । नेदरल्यान्ड्स दोस्रो खेलमा पहिलो हारका साथ तेस्रो स्थानमा झरेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]