क्यानडामाथि पाकिस्तानको जित, पाकिस्तानको सुपर एटको सम्भावना कायमै

काठमाडौं । पाकिस्तानले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा क्यानडामाथि जित हात पारेको छ ।

आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पाकिस्तानले अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्काको ५३ सहयोगमा रनको अर्धशतकीय ईनिङ खेले । कप्तान बाबर अजामले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान अजाम र रिजवानले ६२ बलमा ६३ रनको महत्वपुर्ण साझेदारी गरे ।

क्यानडाका लागि डेलिन हेलिङ्गरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

क्यानडाका लागि ओपनर जोनसनले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कलिम सानाले १४ बलमा १३ तथा कप्तान साद विन जाफरले २१ बलमा १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले समान दुई दुई तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान एक एक विकेट लिए ।

जितसँगै पाकिस्तान तीन खेलमा दुई अंकका साथ समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना कायमै रहेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]