ओमानमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा ओमानमाथि सहज र सानदार जित निकालेको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा भएको खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्यान्डले ३ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा कप्तान जस बटलरले ८ बलमा २४ तथा फिल साल्टले ३ बलमा १२ रन बनाए ।

ओमानका लागि बिलाल खान र करिमुल्लाहले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १३ दशमलब २ ओभरमा अल आउट हुदै ४७ रन मात्र बनाएको थियो ।

ओमानका लागि शोयब खानले २३ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

इंग्ल्यान्डका लागि आदिल राशिदले चार तथा मार्क वुड र जोफ्रा आर्चरले समान तीन तीन विकेट लिए ।

तीन खेलमा पहिलो जित निकालेको इंग्ल्यान्ड समूह बी को तेस्रो स्थानमा रहेको छ । ओमान चार खेलमा अंक बिहिन रहेर घर फर्किएको छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]