ओमानमाथि इंग्ल्यान्डको सानदार जित

२०८१ असार १, शुक्रबार ०९:१५

काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा ओमानमाथि सहज र सानदार जित निकालेको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा भएको खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्यान्डले ३ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा कप्तान जस बटलरले ८ बलमा २४ तथा फिल साल्टले ३ बलमा १२ रन बनाए ।

ओमानका लागि बिलाल खान र करिमुल्लाहले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १३ दशमलब २ ओभरमा अल आउट हुदै ४७ रन मात्र बनाएको थियो ।

ओमानका लागि शोयब खानले २३ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

इंग्ल्यान्डका लागि आदिल राशिदले चार तथा मार्क वुड र जोफ्रा आर्चरले समान तीन तीन विकेट लिए ।

तीन खेलमा पहिलो जित निकालेको इंग्ल्यान्ड समूह बी को तेस्रो स्थानमा रहेको छ । ओमान चार खेलमा अंक बिहिन रहेर घर फर्किएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy