आयरल्यान्डसँग अंक बाड्दा अमेरिका सुपर एटमा, पाकिस्तान बाहिरियो

२०८१ असार १, शुक्रबार २१:३५

काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको टी-२० विश्वकप खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् । एक अंक पाएसँगै अमेरिका विश्वकपको दोस्रो चरण (सुपर एट) का लागि छनोट हुँदा पाकिस्तान भने समूह चरणबाट नै घर फर्किएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy