सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् ।

सन्दीपले ५४ टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन् । अफगानिस्तानका राशिद खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए ।

सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए । सन्दीपले बंगलादेशका जाकर अलिको विकेट लिदै आफ्नो १ सयौं विकेट पूरा गरेका हुन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]