सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

२०८१ असार ४, सोमबार ०६:३२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् ।

सन्दीपले ५४ टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन् । अफगानिस्तानका राशिद खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए ।

सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए । सन्दीपले बंगलादेशका जाकर अलिको विकेट लिदै आफ्नो १ सयौं विकेट पूरा गरेका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy