दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा वेस्ट इन्डिज

काठमाडौं । दक्षिण अफ्रिकालाई पराजित गरि नवौं संस्करणको टी-२० विश्वकपको आयोजक वेस्ट इन्डिज सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ सोमबार बिहान खेल्दैछ ।

सुपर एटको समूह टूमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको एन्टिगुवामा सोमबार बिहान सवा छमा सुरु हुनेछ ।

वेस्ट इन्डिज दक्षिण अफ्रिकामाथि जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेको छ । सुपर एटको पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित गरेको वेस्ट इन्डिजले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

सुपर एटको सुरुआती दुवै खेलमा विजयी दक्षिण अफ्रिका यस खेलमा जित निकाल्दै अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

दोस्रो चरणको समूह टू मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजका अलावा इंग्ल्यान्ड र अमेरिका छन् । सपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]