दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा वेस्ट इन्डिज

२०८१ असार १०, आईतवार १६:१३

काठमाडौं । दक्षिण अफ्रिकालाई पराजित गरि नवौं संस्करणको टी-२० विश्वकपको आयोजक वेस्ट इन्डिज सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ सोमबार बिहान खेल्दैछ ।

सुपर एटको समूह टूमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको एन्टिगुवामा सोमबार बिहान सवा छमा सुरु हुनेछ ।

वेस्ट इन्डिज दक्षिण अफ्रिकामाथि जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेको छ । सुपर एटको पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित गरेको वेस्ट इन्डिजले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

सुपर एटको सुरुआती दुवै खेलमा विजयी दक्षिण अफ्रिका यस खेलमा जित निकाल्दै अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

दोस्रो चरणको समूह टू मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजका अलावा इंग्ल्यान्ड र अमेरिका छन् । सपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy