सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबाट १ सय ३६ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । ओपनर कायल मेयर्सले ३४ बलमा ३५ रन बनाए । मेयर्स र चेसले तेस्रो विकेटका लागि ६५ बलमा ८१ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले ९ बलमा १५ तथा अल्जारी जोसेफले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले तीन तथा कागिसो रबडा, मार्को यानसन, केशब महाराज र कप्तान एडेन मारकमले समान एक एक विकेट लिए ।

सुपर एटको समूह टूबाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाईसकेको छ । यो खेलको विजेता टोली यस समूहबाट सेमिफाइनलमा स्थान बनाउँने दोस्रो टोली बन्ने छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]