सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य

२०८१ असार ११, सोमबार ०७:५५

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबाट १ सय ३६ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । ओपनर कायल मेयर्सले ३४ बलमा ३५ रन बनाए । मेयर्स र चेसले तेस्रो विकेटका लागि ६५ बलमा ८१ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले ९ बलमा १५ तथा अल्जारी जोसेफले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले तीन तथा कागिसो रबडा, मार्को यानसन, केशब महाराज र कप्तान एडेन मारकमले समान एक एक विकेट लिए ।

सुपर एटको समूह टूबाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाईसकेको छ । यो खेलको विजेता टोली यस समूहबाट सेमिफाइनलमा स्थान बनाउँने दोस्रो टोली बन्ने छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy