सेमिफाइनलमा स्थान बनाउँन अस्ट्रेलियालाई २०६ रनको लक्ष्य

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन अस्ट्रेलियाले भारतबाट २ सय ६ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको सानदार अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनायो ।

भारतका लागि कप्तान शर्माले ४१ बलमा ७ चौका र ८ छक्काको सहयोगमा ९२ रनको सानदार अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले १६ बलमा ३१ तथा शिभम दुवेले २२ बलमा २८ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनेसले समान दुई दुई तथा जस हेजलवुडले एक विकेट लिए ।

भारतमाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । सुपर एटको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा विजयी भारत अस्ट्रेलियालाई हराउँदै अपराजित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ । भारत विजयी भएमा समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निणर्य मंगलबार बिहानको खेलबाट हुनेछ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]