सेमिफाइनलमा स्थान बनाउँन बंगलादेशलाई ११६ रनको लक्ष्य

काठमाडौं । जारी टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन बंगलादेशले अफगानिस्तानबाट १ सय १६ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनायो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए । कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए । बंगलादेशले १२ दशमलब १ ओभर सम्ममा लक्ष्य पूरा गरेमा सेमिफाइनल पुग्नेछ । त्यसपछि बंगलादेशले जितेमा अस्ट्रेलिया सेमिफाइनलका लागि छनोट हुनेछ ।

अफगानिस्तानलाई विजेता बने मात्र सेमिफाइनलमा स्थान बनाउँन पर्याप्त हुनेछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]