सेमिफाइनलमा स्थान बनाउँन बंगलादेशलाई ११६ रनको लक्ष्य

२०८१ असार १२, मंगलवार ०७:४८

काठमाडौं । जारी टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन बंगलादेशले अफगानिस्तानबाट १ सय १६ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनायो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए । कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए । बंगलादेशले १२ दशमलब १ ओभर सम्ममा लक्ष्य पूरा गरेमा सेमिफाइनल पुग्नेछ । त्यसपछि बंगलादेशले जितेमा अस्ट्रेलिया सेमिफाइनलका लागि छनोट हुनेछ ।

अफगानिस्तानलाई विजेता बने मात्र सेमिफाइनलमा स्थान बनाउँन पर्याप्त हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy