दक्षिण अफ्रिकालाई फाइनलमा स्थान बनाउँन ५७ रनको लक्ष्य, अफगानिस्तान ५६ रनमा नै अल आउट

२०८१ असार १४, बिहीबार ०७:१९

काठमाडौं । नवौं संस्करणको टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान दक्षिण अफ्रिका सामू ५६ रनमा नै अल आउट भएको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनायो ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy