दक्षिण अफ्रिकालाई फाइनलमा स्थान बनाउँन ५७ रनको लक्ष्य, अफगानिस्तान ५६ रनमा नै अल आउट
, २०८१ असार १४, बिहीबार ०७:१९
काठमाडौं । नवौं संस्करणको टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान दक्षिण अफ्रिका सामू ५६ रनमा नै अल आउट भएको छ ।
वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनायो ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए ।
थप समाचार
Editor's Choice
नेपाल र क्यानडा खेल्दै
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]
Editor's Choice
पोखरा एभेन्जर्सको लोगो परिवर्तन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]