अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ दशमलब ५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले २५ बलमा २९ तथा कप्तान एडेन मारकमले २१ बलमा २३ रन बनाए ।

अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनाएको थियो ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए ।

पहिलो सेमिफाइनलको विजेता बन्दै पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले बिहिबार बेलुका हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधीका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच खेल हुदैछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]