लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन इंग्ल्यान्डलाई १७२ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकपको लगातार दुई संस्करणमा फाइनलमा स्थान बनाउँने दोस्रो टोली बन्न इंग्ल्यान्डले भारतबाट १ सय ७२ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको गयानामा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे ।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए ।

इंग्ल्यान्ड लगातार दुई संस्करणमा फाइनल पुग्ने दोस्रो टोली बन्न चाहन्छ । यस अघि २००७ को पहिलो तथा २००९ को दोस्रो संस्करणमा पाकिस्तान लगातार फाइनल पुगेको थियो ।

समूह चरणबाट अपराजित रुपमा सेमिफाइनल पुगेको भारत तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ । सन् २००७ मा भएको पहिलो संस्करणको च्याम्पियन भारत २०१४ मा फाइनल पुगेको थियो ।

२०२२ मा भएको अघिल्लो संस्करणको सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेर इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको थियो ।

यस खेलको विजेताले पहिलो सेमिफाइनलको विजेता बन्दै फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकासँग शनिबार उपाधीका लागि खेल्नेछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]