कप्तानको रुपमा अपराजित मारकम

काठमाडौं । दक्षिण अफ्रिकाका हालका कप्तान एडेन मारकम कप्तानको रुपमा अपराजित रहेका छन् । दक्षिण अफ्रिकाको कप्तानी गर्दै मारकमले पहिलो पटक टोलीलाई टी-२० विश्वकपको फाइनलमा पुर्याएका छन् । उपाधीका लागि अफ्रिकी टोलीले शनिबार भारतसँग खेल्दैछ ।

मारकमले विश्वकपमा यू-१९ तथा सिनियर ओडिआई टोलीको विश्वकपमा कप्तानी गरेका छन् । सन् २०१४ को यू-१९ विश्वकपमा अफ्रिका पहिलो पहिलो पटक मारकमकै कप्तानमा च्याम्पियन बनेको थियो । युएईमा आयोजना भएको सो विश्वकप खेलेका ६ खेलमा नै अपराजित रहेर दक्षिण अफ्रिका च्याम्पियन भएको थियो ।

गत वर्ष भारतमा भएको ओडीआई विश्वकपमा नियमित कप्तान टेम्बा बभुमा घाईते हुँदा दुई खेलमा मारकमले कप्तानी गरेका थिए । यसमा पनि मारकमले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेका थिए ।

यस टी२० विश्वकपमा आठ खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका फाइनल पुगेको छ । मारकमकै कप्तानीमा रहेको सनराईजर्स केपटाउन टिम एसए २० मा दुई संस्करणमा दुवैमा च्याम्पियन भएको छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]