दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारत च्याम्पियन भएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा भएको फाइनल खेलमा भारत ७ रनले विजयी भयो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउँन सक्यो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउँन भने सकेनन् । क्विटन डि ककले ३१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।

ट्रिस्टन स्टब्सले २१ बलमा ३१ तथा डेबिड मिलरले १७ बलमा २१ रन बनाए । स्टब्स र डि ककले तेस्रो विकेटका लागि ३८ बलमा ५८ रनको साझेदारी गरे ।

मिलर र क्लासेनले पाँचौ विकेटका लागि २२ बलमा ४५ रनको साझेदारी गरे ।

भारतका लागि हार्दिक पान्ड्याले तीन तथा जसप्रित बुमराह र अर्शदिप सिंहले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय ईनिङ खेले । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४७ रन बनाए ।

पहिलो ओभरमा १५ रन जोडेर राम्रो सुरुआत गरेको भारतले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । विकेट गुमाएसँगै दबाबमा आएको भारतले पाँचौ ओभरको तेस्रो बलमा ३४ रन बनाउँदा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि कोहली र पटेलले ५४ बलमा ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याउन सफल भए ।

कागिसो रबडाको बलमा ४७ रन आउट भए । पटेल आउट भएसँगै क्रिजमा आएका शिभम दुबेले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए ।

पाँचौ विकेटका लागि दुबे र कोहलीले ३३ बलमा ५७ रनको महत्वपुर्ण साझेदारी गरे । कोहली आउट भएसँगै यो साझेदारी तोडिएको थियो । कोहली आउट भएसँगै क्रिजमा आएका हार्दिक पान्ड्याले २ बलमा अविजित ५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशब महाराज र एनरिक नोर्कियाले समान दुई दुई तथा मार्को यानसन र कागिसो रबडाले समान एक एक विकेट लिए ।

२००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत २०१३ पछि पहिलो पटक आइसीसीको कुनै पनि प्रतियोगिता जित्न सफल भएको हो ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै च्याम्पियन बन्ने सपना अधुरो नै रह्यो ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]