एसिया कपका लागि मलेसियाको टोली घोषणा

२०८१ असार १९, मंगलवार १२:३६

काठमाडौं । नवौं संस्करणको महिला एसिया कपका लागि मलेसियाको टोली घोषणा भएको छ ।

मलेसियन क्रिकेट फेडेरेशनले उनिफ्रेड दुराईसिंघमको कप्तानीमा १५ सदस्यीय मलेसियन टोलीको घोषणा गरेको हो ।

मलेसियाले २० जुलाईमा थाइल्यान्डसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ ।

यस प्रतियोगितामा एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको हुन् । भने, बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहेर छनोट भएका हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सात पटकको च्याम्पियन भारत सहित नेपाल, पाकिस्तान र युएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

मलेसियन टोली

उनिफ्रेड दुराइसिंघम (कप्तान), मास एलिसा (उपकप्तान), ऐना हमिजा हाशिम, वान जुलिया, महिराह इज्जाती इस्माइल, ऐना नजवा, ऐसा एलिसा, नूर इज्जातुल स्याफिका, एरियाना नतास्या, एल्सा हंटर, धनुस्री श्री मुहूनान, सुबिका मणिवन्नान, अमालिन सोर्फिना, नूर ऐस्याह इकबाल, इर्दिना बेह नाबिल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy