नेपालको रोमान्चक जित

२०८१ श्रावण १, मंगलवार १४:२३

काठमाडौं । नेपाली महिला टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट टोलीलाई रोमान्चक रुपले हराएको छ ।

एसीसी एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोलीले रोमान्चक दुई रनको जित हात पारेको हो ।

नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाली टोलीले २० ओभरमा १ सय १० रन मात्र जोड्न सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy