नेपालको ऐतिहासिक जित

काठमाडौं । युएईलाई हराउँदै नेपालले महिला एसिया कपमा ऐतिहासिक जित हात पारेको छ ।

महिला एसिया कपको ईतिहासमा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो ।

युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको सहयोगमा अविजित ७२ रन बनाईन् । रुबिना क्षेत्रीले ८ बलमा १० रन बनाईन् ।

युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्।कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक एक विकेट लिइन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]