नेपालको ऐतिहासिक जित

काठमाडौं । युएईलाई हराउँदै नेपालले महिला एसिया कपमा ऐतिहासिक जित हात पारेको छ ।

महिला एसिया कपको ईतिहासमा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो ।

युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको सहयोगमा अविजित ७२ रन बनाईन् । रुबिना क्षेत्रीले ८ बलमा १० रन बनाईन् ।

युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्।कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक एक विकेट लिइन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy