पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार आईतबार बेलुका सवा सातमा सुरु हुदैछ । खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी क्रिकेट स्टेडियममा हुदैछ ।

यस खेलमा जित हात पारेर नेपाल पहिलो पटक एसिया कपको सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । नेपालले सेमिफाइनलमा स्थान पक्का गर्न दिउँसो हुने खेलमा भारतले युएईलाई पराजित गर्नु पर्ने हुन्छ ।

नेपालले पछिल्लो पाँच मध्ये चार टी-२० आई खेल जितेको छ । उता, पाकिस्तानले भने पाँच मध्ये एक खेल पनि जित्न सकेको छैन । नेपालले शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कप ईतिहासको पहिलो जित दर्ता गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]