सीताको वरीयतामा १५ स्थान सुधार

काठमाडौं । महिला टी-२० अलराउन्डर वरीयतामा नेपालकी सीता रानामगरले १५ स्थान सुधार गरेकी छिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सीता १५ स्थान सुधार गर्दै ५८ औं स्थानमा पुगेकी छिन् ।

अलराउन्डर तर्फ नै कप्तान इन्दु बर्मा १२ स्थान सुधार गर्दै ६६ औं र रुबिना क्षेत्री ६ स्थान सुधार गर्दै ४८ औं स्थानमा छिन् ।

अलराउन्डर तर्फ वेस्ट इन्डिजकी हाइली म्याथ्युज वरीयताको शीर्ष स्थानमा कायम छिन् ।

ब्याटिङतर्फ पनि सीता एक स्थान सुधार गर्दै ८२ औं र रुबिना तीन स्थान झर्दै ८६ औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाकी बेथ मोनी कायम छिन् । बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष १०० भित्र छैनन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]