दीपेन्द्र र रोहितले पहिलो खेल गुमाउने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीको भिषा आउन ढिलाई भएको पछि पहिलो खेल गुमाउँने भएका छन् ।

क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा सहभागीता जनाउँन त्यसतर्फ जान दुवैको भिषा आउन ढिलाई भएपछि पहिलो खेल गुमाउँने भएका हुन् ।

ग्लोबल टी-२० लिग शुक्रबार बिहानबाट सुरु हुदैछ । पहिलो खेलमा नै दीपेन्द्र आबद्ध भ्यान्कुबर नाईट्स र कप्तान रोहित आबद्ध टोरन्टो नेशनल आमनेसामने हुदैछन् ।

नाईट्समा आबद्ध अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने भने क्यानडा पुगिसकेका छन् ।

रोहित र दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाका अनुसार दीपेन्द्र बुधबार राती र रोहित बिहीबार क्यानडा प्रस्थान गर्दै छन् ।

तिमिल्सिनाका अनुसार दुवै खेलाडी भिषा समस्याका कारण एक सातादेखि दिल्लीमा रोकिएका थिए ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]