दीपेन्द्र र रोहितले पहिलो खेल गुमाउने

२०८१ श्रावण ९, बुधबार २२:१९

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीको भिषा आउन ढिलाई भएको पछि पहिलो खेल गुमाउँने भएका छन् ।

क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा सहभागीता जनाउँन त्यसतर्फ जान दुवैको भिषा आउन ढिलाई भएपछि पहिलो खेल गुमाउँने भएका हुन् ।

ग्लोबल टी-२० लिग शुक्रबार बिहानबाट सुरु हुदैछ । पहिलो खेलमा नै दीपेन्द्र आबद्ध भ्यान्कुबर नाईट्स र कप्तान रोहित आबद्ध टोरन्टो नेशनल आमनेसामने हुदैछन् ।

नाईट्समा आबद्ध अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने भने क्यानडा पुगिसकेका छन् ।

रोहित र दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाका अनुसार दीपेन्द्र बुधबार राती र रोहित बिहीबार क्यानडा प्रस्थान गर्दै छन् ।

तिमिल्सिनाका अनुसार दुवै खेलाडी भिषा समस्याका कारण एक सातादेखि दिल्लीमा रोकिएका थिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy