रिटेन खेलाडी संख्या बढाउन फ्रेन्चाईजिहरुको माग

२०८१ श्रावण १०, बिहीबार १०:४९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइजीहरूले आईपीएल अक्सन अगाडी रिटेन खेलाडीको संख्या बढाउन माग गरेका छन् ।

उनीहरुले प्रत्येक तीनको सट्टा पाँच वर्षमा मेगा अक्सन गर्न र चारदेखि ६ खेलाडी रिटेन गर्न पाउनु पर्ने बताएका छन् । साथै उनीहरूले आठ राइट टु म्याच (आरटीएम) कार्डको संख्यामा पनि बढोत्तरी गर्न माग गरेका छन्।

आईपीएल फ्रेन्चाइजीका एक वरिष्ठ अधिकारीका अनुसार प्रत्येक तीन वर्षको सट्टा हरेक पाँच वर्षमा मेगा अक्सन आयोजना गर्नु बढी फाइदाजनक हुन्छ। यसले फ्रेन्चाइजलाई युवा अनक्याप्ड खेलाडीहरू विकास गर्न पर्याप्त समय दिनेछ ।

पहिलो सिजनदेखि नै प्रतियोगिताको हिस्सा बनेका फ्रेन्चाइजीहरूले युवा प्रतिभाको खोजीमा ठूलो लगानी गरेका छन् । उनीहरूले प्रतिभा खोज्न क्रिकेट एकेडेमीहरू पनि स्थापना गरेका छन् ।

पछिल्लोपल्ट कोरोना महामारीका कारण अर्को मेगा अक्सन २०२१ मा भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy