रिटेन खेलाडी संख्या बढाउन फ्रेन्चाईजिहरुको माग

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइजीहरूले आईपीएल अक्सन अगाडी रिटेन खेलाडीको संख्या बढाउन माग गरेका छन् ।

उनीहरुले प्रत्येक तीनको सट्टा पाँच वर्षमा मेगा अक्सन गर्न र चारदेखि ६ खेलाडी रिटेन गर्न पाउनु पर्ने बताएका छन् । साथै उनीहरूले आठ राइट टु म्याच (आरटीएम) कार्डको संख्यामा पनि बढोत्तरी गर्न माग गरेका छन्।

आईपीएल फ्रेन्चाइजीका एक वरिष्ठ अधिकारीका अनुसार प्रत्येक तीन वर्षको सट्टा हरेक पाँच वर्षमा मेगा अक्सन आयोजना गर्नु बढी फाइदाजनक हुन्छ। यसले फ्रेन्चाइजलाई युवा अनक्याप्ड खेलाडीहरू विकास गर्न पर्याप्त समय दिनेछ ।

पहिलो सिजनदेखि नै प्रतियोगिताको हिस्सा बनेका फ्रेन्चाइजीहरूले युवा प्रतिभाको खोजीमा ठूलो लगानी गरेका छन् । उनीहरूले प्रतिभा खोज्न क्रिकेट एकेडेमीहरू पनि स्थापना गरेका छन् ।

पछिल्लोपल्ट कोरोना महामारीका कारण अर्को मेगा अक्सन २०२१ मा भएको थियो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]