नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि क्यानडाको टिम घोषणा भएको छ ।

साविकका कप्तान साद विन जाफरको स्थानमा निकोलस किर्तनलाई कप्तानको जिम्मेवारी दिदै टोलीको घोषणा भएको हो । क्रिकेट क्यानडाले किर्तनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानडाले नेदरल्यान्ड्समा घरेलु टोली तथा अमेरिका सहभागी रहने विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज तथा त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्नेछ ।

सिरिज अर्को महिनामा हुने भनिएपनि मिति भने तोकिएको छैन । क्यानडा विश्वकप लिग टूमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ । अमेरिकालाई भने लिग टूको यो पहिलो सिरिज रहने छ । नेदरल्यान्ड्स भने चार अंकका साथ चौथो स्थानमा छ ।

क्यानडाको टोली

निकोलस किर्तन (कप्तान), आरोन जोनसन, डिलोन ह्यालिगंर, दिलप्रित बाज्वा, हर्ष थाकर, जिरिमेन ग्रोडन, जुनेद सिद्धिकी, कलिम साना, कनवारपल ताथागुर, नवनिध धालिवाल, प्रगत सिंह, रविन्द्रपाल सिंह, रिसिभ जोशी, साद विन जाफर र श्रेयस मोभ्भा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]