नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ ।

लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौ खेल स्कटल्यान्डले १३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४० दशमलब १ ओभरमा १ सय ६३ रन बनाउँदै अल आउट भयो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ७३ बलमा ५३ रन बनाए । उनले ६ चौका प्रहार गरेका थिए । जेन ग्रिनले २८ तथा मलान क्रुजरले २७ रन बनाए । स्कटल्यान्डका लागि ब्राड करी र गाभिन मेनले समान तीन तीन तथा माइकल लिग्स र ब्रेन्डन म्याकमुलनले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि माइकल इंग्लिसले १२२ बलमा १०७ रन बनाए । डेब्यु खेलमा शतक बनाउँने क्रममा इंग्लिसले ९ चौका र २ छक्का प्रहार गरे ।

कप्तान रिची बेरिङ्टनले ८१ बलमा ८९ रन बनाए । बेरिङ्टनले ११ चौका र १ छक्का प्रहार गरे ।

क्रिस ग्रेभ्सले अविजित ३१ तथा मार्क वाटले अविजित १० रन बनाए ।

नामिबियाका लागि शौन फौचेले तीन तथा बेन सिङ्कन्गो र टांगेनी लुंगामेनी समान एक विकेट लिए ।

जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा स्कटल्यान्ड नौ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । लिग टू अन्तर्गत आठ अंकका साथ नामिबिया तेस्रो स्थानमा झरेको छ । अंकतालिकामा दुई अंकका साथ नेपाल छैटौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]